एनआरएन नेपाल डेभलपमेन्ट फन्ड दर्ता, छिटै आईपीओ जारी हुने



काठमाडौं । गैरआवासीय नेपालीहरुको लगानीमा स्थापना हुन लागेको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड दर्ता भएको छ। एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार मंगलबार कम्पनी रजिष्ट्रारको कार्यालयमा फन्ड दर्ता भएको हो।

सरकारको ५० करोड लगानी रहने सो फन्डमा दुई अर्बको प्रतिबद्धता आइसकेको छ। कम्तीमा १० अर्बको कोष बनाई नेपालको उद्यम, व्यवसाय र पूर्वाधारका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको पनि पन्तले जानकारी दिए।

कम्पनीले ८५ प्रतिशत लगानीका निम्ति गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर (आईपीओ) निष्काशन हुने पनि जनाएको छ। संसारभर छरिएर रहेका श्रमिक, व्यवसायी, पेसाकर्मी सबैले नेपालको विकास र समृद्धिमा सकेको लगानी गरी आर्थिक लाभसमेत उठाउन पाउने कम्पनीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्