देउसामा आयोजित खुला भलिबल प्रतियोगिता सम्पन्न,अध्यक्ष राइद्वारा पुरस्कार बितरण



सोलुखुम्बु,१७ चैत।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका ७ मा देउसामा आयोजित साविक वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

कोकोमेन्दो तामाङ समाजको आयोजनामा तीन दिन अघि सुरु प्रतियोगिताको उपाधी जालिम विहानी समाज भुलभुलेले हात पारेको छ भने साविक मुक्लि ६ द्धितिय, साविक देउसा ८ बुढिडाँडाँ तृतीय र भुर्मिसे एकता क्लब नेलेले सान्त्वना पुरस्कार हात पारेको आयोजकले जानकारी दिएको छ।

विजेता समूहलाई थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले पुरस्कार बितरण गर्नुभएको छ। अध्यक्ष राइले प्रथम,द्वितीय,तृतीय र सान्त्वना पुरस्कार प्राप्त गर्ने समूहलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको जालिम एकता विहानी समाजका अध्यक्ष चुडा केसीले जानकारी दिए ।

प्रतियोगीतामा दिपक किराँती उत्कृष्ट खेलाडी, किशोर राई उत्कृष्ट लिफ्टर र प्रभुराम राई उत्कृष्ट डिफेन्डर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्