डिआइजीका अंगरक्षक नै जुवाको खालबाट पक्राउ



४ चैत, धनगढी । कैलाली प्रहरीले तीन लाख ३४ हजार नगदसहित पाँच जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । जिल्लाको गोदावरी नगरपालिका-१० को खमौरास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रहरी डीआईजी उत्तमराज सुवेदीका अंगरक्षकसमेत रहेका प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका ५ जनालाई नियन्त्रणमा लिएको हो ।

धनगढी उप-महानगरपालिका-३ का ४५ वर्षीय डबल चन्द, वडा नम्बर ४ बस्‍ने ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी नगरपालिका-५ बस्‍ने ४० वर्षीय टेक बहादुर बिष्ट र कञ्चनपुरको भिमदत्त नगरपालिका-४ बस्‍ने ३७ वर्षीय सन्तोष चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्