सफ्टवेयर सोर्सकोड दुरुपयोग गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं, २ चैत्र । सफ्टवेयर सोर्सकोड दुरुपयोग गरेको आरोपमा तीनजनालाई साइबर ब्यूरो प्रहरीले पक्राउ गरेको छ।

प्रकाउ पर्नेमा प्रिफेरेन्स टेक्नोलोजी प्रा.लि. बुटवलका सञ्चालकत्रय ३९ वर्षीय विमल केसी, ४० वर्षीय श्यामबहादुर चौधरी र ३६ वर्षीय शंकर ज्ञावली रहेका छन्।
उनीहरुले नेशनल सफ्टवेयर एण्ड आइटी सोलुशन कम्पनीको स्वामित्वमा रहेको सफ्टवेयरको सोर्सकोड, युजर इन्टरफेरेन्समा सामान्य परिवर्तन गरी हुबहु नक्कल गरी अरुलाई विक्री वितरण गरेको भन्दै विद्युतीय कारोबार ऐन २०६३ विपरीत कार्य गरेको प्रहरीले जनाएको छ।
यसका साथै अन्य सञ्चालकहरु फरार रहेकाले खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।

