जरायोको सिङसहित एक महिला पक्राउ



दाङमा जरायोको सिङसहित एक महिला पक्राउ गरेकी छन्। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–४ पृथ्वीनगरकी २८ वर्षीया सीता चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनलाई आइतबार बिहान ८ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए। चौधरीको साथबाट पाँचवटा जरायो जस्तो देखिने ओखेटोपहार बरामद गरेको हो। दुई फिट चार इन्च लम्बाई र तीन हाँगा भएको सिङ एक थान, दुई फिट ६ इन्च लम्बाई र तीन हाँगा भएको एक थान, ३२.५ सेन्टिमिटर लम्बाई तीन हाँगा भएको एक थान, ३४ सेन्टिमिटर लम्बाई भएको दुई सिङमा चार हाँगा भएको एक थान, ४.५ इन्च लम्बाई दुई वटा सिङ एकैमा हाँगा नभएको एक थान गरी जम्मा पाँचवटा ओखेटोपहार बरामद गरिएको छ।

चौधरीलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय दाङमा पठाइएको प्रहरी निरीक्षक बुढाथापाले बताए।

प्रतिक्रिया दिनुहोस्