सोलुखुम्बु : जुबुको पानी डाँडामा झुन्डिएको अवस्थामा शब फेला



सोलुखुम्बु,२२ फाल्गुन । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नं ५ पानी डाँडाका १९ बर्षीय सुजन बस्नेत मृत अवस्थामा फेला परेका छन। शुक्रवार सांझबाट हराइरहेका बस्नेतको शनिबार बिहान भिमसेनपातिको रुखमा झुन्डिएको अवस्थामा शब फेला परेको हो।

घटनास्थल मृतकको घरभन्दा २ सय मिटर टाढा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। घटनाको सूचना पाए लगत्तै घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्