केन्द्रीय समिति बैठक बोलाउने दाहाल- नेपाल समूहको निर्णय



काठमाडौ,१७ फाल्गुन ।प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय भए पनि मिति भने तोकिएको छैन।

त्यस्तै बैठकमा पार्टीको आधिकारिकताको विवाद छिटो टुंगो लगाउन निर्वाचन आयोगसँग आग्रह गर्ने विषयमा पनि छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। ‘निर्वाचन आयोगलाई पार्टीको आधिकारिता छिटो टुंगाउन आग्रह गर्ने कुरा भएको छ’, उनले भने।

सकियो आजबाट जाडोयाम, हावाहुरी रअसिनापानीबाट जोगिन मौसम बिज्ञान बिभागको आग्रह जल तथा मौसम विज्ञान विभागले आजदेखि जाडोयाम अन्त्य भई ‘प्रि-मनसुन सिजन’ सुरु भएको जानकारी दिएको हो। अंग्रेजी महिना मार्च (आज मार्च १ तारिख हो) मा सुरु हुने प्रि-मनसुन मेसम्म रहने मौसमविद् बताउँछन्।

यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ। मेघगर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुन सक्ने क्षतिबाट जोगिन सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्