अमिताभकाे काेराेना रिपाेर्ट नेगेटिभ



एजेन्सी ८ श्रावण । लिउड अभिनेता अमिताभ बच्चनको पछिल्लो कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ। उनमा १२ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। मुम्बईको नानावती अस्पताल भर्ना भएका उनको अझै दुई पटक परीक्षण गरिने डाक्टरहरुले जनाएका छन्।
ती परीक्षणको रिपोर्टका आधारमा उनी डिस्चार्ज हुनेछन्। साथै छोरा अभिषेकको कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ। अभिषेक भने आजै डिस्चार्ज हुने उनीहरुलाई उपचार गराइरहेको नानावटी अस्पतालले जनाएको छ। अभिषेककी पत्नी ऐश्वर्य र छोरी आराध्याको भने रिपोर्ट हालसम्म आएको छैन।

प्रतिक्रिया दिनुहोस्