सोताङ : सबै धर्मको प्रमुख सार मानव सेवा नै भएको कांग्रेस नेता कार्कीको भनाइ
सोलुखुम्बु, १४ फाल्गुन । जिल्लाको सोताङ गाउँपालिकास्थित दिम्बुलमा रहेको थातेङ्ग पेमा छोलिङ गुम्बाको प्रथम साधारणसभा हालै सम्पन्न भएको छ।

स्थापनाको एकबर्षे अवधिमा गरिएका कामहरुको समिक्षा गर्नुका साथै आय-ब्यय विवरण प्रस्तुत गरिएको सो साधारणसभाको उद्घाटन नेपाली कांग्रेस उद्योग तथा ब्यापार संघका केन्द्रीय सदस्य तथा सोलु कांग्रेसका लोकप्रिय नेता प्रकाशसिंह कार्कीले गर्नुभएको थियो।कार्कीले सबै धर्मको एउटै सार मानवीय सेवा नै प्रमुख रहेको स्पष्ट पार्दै धार्मिक बिबिधता रहेको हाम्रो मुलुकमा सबै धर्महरुलाइ उत्तिकै सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।
मानवीय र समाजसेवाको क्षेत्रमा थातेङ्ग पेमा छोलिङ गुम्बाले आफुलाइ उदाहरणीय रूपमा उभ्याउने आशा व्यक्त गर्दै नेता कार्कीले गुम्बा ब्यबस्थापनका लागि आफु सक्दो सहयोग गर्न तयार रहेको बताउनुभयो ।
साधारणसभामा सहभागी गुम्बाका पदाधिकारीहरुले आजसम्म उच्च तहका कुनै नेताले पाइला नटेकेको गुनासो गर्दै नेता कार्की आएर साधारणसभा उद्घाटन गरिदिएको भन्दै खुसी व्यक्त गरेका थिए।उनीहरूले गुम्बाको ब्यबस्थापनका लागि सहयोग गरिदिन पनि कार्कीसंग आग्रह गरेका थिए।
कांग्रेस नेता कार्कीले सोहिदिन स्थानीय श्री जनचेतना आधारभुत बिधालयका कक्षा १ देखि ५ सम्मका ३६ जना विद्यार्थीहरुलाइ झोला समेत बितरण गर्नुभएको नेपाल विद्यार्थी संघका नेता दिनराज बास्तोलाले रहस्यखबरलाइ जानकारी दिए।

