सर्‍यो कांग्रेस महाधिवेशन : आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय



काठमाडौं । नेपाली कांग्रेसले १४औं महाहधिवेशन आगामी २०७८ भदौ ७ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव केन्द्रीय समितिले सामान्य संशोधनसहित अनुमोदन गरेको हो ।

विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने भएपछि विधानको धारा नै निलम्बन गरी केन्द्रीय कार्यसमितिको म्याद पनि ६ महिना थप गरेको हो । पार्टीको विधानअनुसार म्याद सकिएपछि कांग्रेसले आफ्नो वैधानिकता जोगाउन संविधानको सहारा लिएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, “नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी ०७८ भदौ ७ देखि १० गतेसम्म हुने गरी केन्द्रीय कार्यसमितिले सर्वसम्मत निर्णय गरेको छ ।“ उनले केन्द्रीय समिति बैठकले सभापतिका तर्फबाट महामन्त्रले प्रस्ताव गरेकै महाधिवेशनको अन्तिम मिति अनुमोदन गरेको भन्दै कार्यतालिका भने सामान्य हेरफेर गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्