केपी प्रवृत्ति परास्त गर्न जरुरी



लक्ष्मण मिसन कार्की

प्रधानमन्त्री केपी ओलीको सिफारिस मा संसद विघटन भएपछि सत्तारूढ नेकपा दुई ध्रुबमा बिभाजित भएको छ। त्यसको नेतृत्व एकातिर केपी ओलीले गरेका छन भने अर्कातिर प्रचण्ड र माधव नेपालले गरेका छन।ओली उखान टुक्का भन्न माहिर छन।अब उखान टुक्काले मात्र देश चल्दैन नेपाली जनताले निष्पक्ष रुपमा मुल्यांकन गर्ने हो भने स्थानीय तह देखि प्रदेश हुदै केन्द्रीय तहसम्म सबैभन्दा धेरै नैतिक पतन भएका र काण्डै काण्डमा मुछिएका व्यक्तिहरु नै केपी गुटमा लागेका प्रस्ट रुपमा देखिन्छ।

पार्टीमा एकातिर नेतृत्वदायी सर्वहारा वर्गीय मार्क्सवादी-लेनिनवादी-माओवादी तप्का छ यसको नेतृत्व प्रचण्ड-माधबले गर्नुभएको छ भने अर्कातिर खराब विचार र दृष्टिकोण भएकाहरुको अर्को तप्का छ त्यसको नेतृत्व ओलीले गर्नुभएको छ। पार्टीभित्रको संघर्ष मार्क्सवादी र अवसरवादी को कित्ताकाट हो यस्तो संघर्ष पार्टी निर्माणको क्रममा विभिन्न चरणमा चलिरहन्छ,यसको समाधानको लागि नैतिक पतन भएका बाहेक सम्पुर्ण युवाहरु अग्रगामी नेतृत्वमा शमावेस भएर प्रतिगमनको विरुद्धमा लाग्नुपर्छ।

विद्यादेवी भण्डारीलाई जनताको छोरीका रुपमा राष्ट्रपति बनाएको प्रचण्डकै एजेन्डाले हो यसमा कसैको दुईमत छैन।केपी ओलीलाई प्रधानमन्त्री बनाएको प्रचण्डले नै हो जनताले त उनलाई सभासद मात्रै बनाएर पठाएका हुन तर उनीहरु यो हद सम्मको फासिस्ट निरंकुश शासक बनेर यस प्रकारको संवैधानिक कू गरि गणतान्तृक व्यवस्था नै धरापमा पार्लान भन्ने पूर्वानुमान हुन नसक्नु क. प्रचण्ड को गम्भिर भुल थियो किन की ओलीले पहिले नै प्रचण्डलाई धोका दिएका थिए।

संक्रमनकालीन ,अस्थिरता र संकटको मौका छोपेर पिसाबको न्यानोमा रमाउने अत्याचारी, भ्रष्टाचारी र नैतिक पतन भएका व्यक्तिहरु धेरै टिकाउ हुदैनन।छिट्टै तित्तरवित्तर हुदै परास्त हुनेछन्।

हिजो जनयुद्धको घोषणा, राजतन्त्रको अन्त्य देखि लिएर धर्म निरपेक्षता संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा सम्म आईपुग्दा प्रचण्डलाई जयजयकार गर्नेहरु नै आज हरेक काण्डमा मुछिएपछि केपीको पाउ पुज्न थालेका छन।हिजो संविधान सभाको चुनाब गरि गणतन्त्रीय व्ववस्था निर्माण गर्छौ भन्दा खिस्सी गरेर हाँस्ने वयलगाढेहरुनै अहिले अग्रगामी हौ भन्दै जनतामा भ्रम छर्दैछन।यिनीहरु मूलत; प्रतिगामी शक्ति हुन् यिनीहरुको कुनै राजनैतिक एजेन्डा छैन यिनीहरु नैतिक पतन भएका व्यक्तिहरुको झुण्ड हुन।

यिनीहरु परिवर्तन नचाहने दक्षिणपंथी संविधान बिरोधी गुटको अन्तिम अश्त्र हुन्। र यिनीहरुको नाईके अहंकारी, घमण्डी समावेशी पहिचान बिरोधी केपी ओली हुन्।एकातिर राजनितीक रुपमै यिनीहरु ध्वस्त हुदैछन् भने अर्कोतिर प्रचण्ड-माधबको वैचारिक राजनीतिक जित हुने निश्चित छ।
युवा नेता कार्कीका अनुसार यो प्रचण्ड र माधब नेपालको मात्र बिषय हैन, नेपीली जनता, भावी युवा पुस्ताहरुको राजनीतिक, संवैधानिक हकका लागि फेरी संघर्ष गर्नुपर्नेस्थित आईपुगेको छ।

परिवर्तनको रक्षाका निमित्त जनताको संवैधानिक हक खोसेर विदेशी शक्तिको आडमा देशलाई अस्तब्यस्त बनाउन प्रयासरत सामन्ति सोच बोकेका यस्ता कुपात्रहरुको भर्तसनासहित प्रतिकार गर्न जरुरी छ।यिनीहरुबाट संसद,संविधान र नेपाली जनताको रक्षा कदापी हुन सक्दैन।

प्रतिक्रिया दिनुहोस्