मुक्तक

कमल उपाध्याय खनाल

मुक्तक १
दलित, गरिबका लागि बोली,वचन कडा हुन्छ
अनि सोही कुराले त झन समस्या खडा हुन्छ
म चाहान्छु, सदभाव सहितको एकता समाज
तर विभेद हटाउने कुरामा झनै झगडा हुन्छ
मुक्तक २
दलित भनि जालझेल भयो आम्दानी नहुदाँ
आज अचम्म अचम्म खेल भयो आम्दानी नहुदाँ
हिजो अन्तरजातीय विवाह स्विकार गर्ने समाजमा
आज सच्चा प्रेम पनि फेल भयो आम्दानी नहुदाँ
मुक्तक ३
गरिब निमुखा माथि छुरा चलाउन थालेका छ्न् ।
बोक्सिको आरोप लगाई कहलाउन थालेका छ्न् ।।
कयौँ रुढीबादी परम्पराले गाँजिएको यो समाजमा
आज फेरि अनेक बहानाले जलाउन थालेका छ्न् ।।
मुक्तक ४
कुरिति र कुसंस्कारको बाटो मोडेर देखाउनु छ
अन्धविश्वासको त्यो कालो पर्दा तोडेर देखाउनु छ
मैंले समाजमा एकता ल्याउन सन्देश दिन थालेको हो
जहाँ विभेद रहेको मेरो समाजलाई जोडेर देखाउनु छ
रामारोशन गा.पा.
अछाम
हाल दोहा कतार

