परिस्थितिको सूक्ष्म निगरानी गर्न सेना हाइअलर्ट



काठमाडौं,५ पुस। प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रम र सुरक्षा चुनौतीबारे प्रधानसेनापपति पूर्णचन्द्र थापाले उच्च सैन्य अधिकारीसँग छलफल गरिरहेका छन् । प्रधानसेनापति थापाले पृतनापतिहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेका हुन् ।

विकसित घटनाक्रमबाट आउनसक्ने सम्भावित सुरक्षा चुनौतिबारे प्रधानसेनापती थापाले पृतनापतीहरुसँग छलफल गरिरहेको सैन्य प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए । सैन्य प्रवक्ता पौडेलले भने–‘यस्तो छलफल नियमित पनि हुन्थ्यो, अहिले थप सुरक्षा चुनौती आउँछ कि भन्ने हो, त्यसबारे छलफल जारी छ ।’

छलफलमा नेपाली सेनाको ८ जना पृतनापति सहभागी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभा विघटनको सिफारिस गरेपछि आईतबार बिहान जंगी अड्डामा प्रधानसेनापति थापाले पिएओज मिटिङमा छलफल गरेका थिए ।

‘सुरक्षामा प्रभाव पर्छ कि भन्ने हाम्रो चासोको विषय हो’ सैन्य प्रवक्ता पौडेलले भने । विकसित राजनीतिक घटनाक्रम पछिको सुरक्षा परिस्थितीको सुक्ष्म निगरानी गर्न प्रधानसेनापति थापाले मातहतलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्