राष्ट्रिय कविता महोत्सवमा तृतीय भए सोलुका कबि खतिवडा

काठमाडौं,३० मंसिर । राष्ट्रिय कविता महोत्सव २०७७ मा सोलुखुम्बुका कबि गणेश प्रसाद खतिवडाको ‘आमाको आदेश’ कविताले तृतीय स्थान हासिंल गरेको छ। प्रतियोगितामा सहभागी ५०२ कवितामध्ये उत्कृष्ट ३० कवितामा पर्न सफल उनको कवितासंगै दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईँको ‘समृद्ध नेपालको सपना’ कविताले पनि तृतीय स्थान हासिल गरेका छन्।

प्रतियोगितामा नुवाकोटकी भैरवी भूगोल ‘आमाको गीत’ले प्रथम स्थान र लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले द्वितीय स्थान हासिल गरेका थिए। प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनेलाई ४० हजार र तृतीयलाई ३० हजार रुपैयाँ प्रदान गरिने छ ।

