नारायणगोपालको ३०औँ स्मृति

काठमाडौं,२० मंसिर। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले स्वरसम्राट् नारायणगोपालले नेपाली सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनुभएको बताउनुभएको छ । नारायणगोपालको ३०औँ स्मृति दिवसका अवसरमा हिजो अष्टनारायण पिक्चर्सले आयोजना गरेको कार्यक्रममा उहाँले नारायणगोपालको योगदान युगौँसम्म रहने बताउनुभयो ।
राज्यमन्त्री मानन्धरले आधुनिकतासँगै मौलिकताको संरक्षण र सम्वद्र्धन गर्नुपर्नेमा पनि जोड दिनुभयो । सो अवसरमा राज्यमन्त्री मानन्धर, सङ्गीतकार भूपेन्द्र रायमाझीलगायतले नारायणगोपालका कालजयी गीत गाउनुभएको थियो ।


