नेउवा महासंघको बस्तुगत सदस्यमा कार्की निर्बाचित



काठमाडौं,१३ मंसिर – नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगत सदस्यमा ब्यबसायी प्रकाश सिंह कार्की निर्बाचित भएका छन। शनिबार सम्पन्न निर्बाचनमा बस्तुगत तर्फ खसेको १ सय १ मध्य ५७ मत ल्याएर कार्की सदस्यमा निर्बाचित भएका हुन।

कार्कीले महासंघको ५४ साधारणसभामा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल समुहबाट उम्मेदवारी दिएका थिए।यसअघि पनि महासंघको कार्यकारी सदस्य रहिसकेका कार्की नेपाल फ्रेट फर्वार्डस एसोसिएसनका अध्यक्ष पनि हुन।

रहस्य खबर बस्तुगत सदस्यमा निर्बाचित कार्कीलाई हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गर्दछ।

प्रतिक्रिया दिनुहोस्