ड्रग्सले लग्यो एक महान बिश्व बिजेतालाइ



काठमाडौं, मंसिर १० – विश्व फुटबलका ‘भगवान्’ को उपमा पाएका अर्जेन्टिनाका पूर्वप्रशिक्षक तथा चर्चित खेलाडी डिएगो म्याराडोना भौतिक संसारबाट अस्ताएका छन् । बुधबार राति हृदयाघातबाट उनको  निधन भएको छ । ६० वर्षीय म्याराडोना लामो समयदेखि बिरामी थिए  । गत महिना मात्रै उनको मस्तिष्कमा जमेको रगतको शल्यक्रिया गरिएको थियो ।

विश्व फुटबल महासंघ (फिफा) ले सन् २००० मा म्याराडोना र ब्राजिलका पेलेलाई शताब्दीका उत्कृष्ट फुटबलरको उपाधिबाट पुरस्कृत गरेको थियो । म्याराडोनालाई विश्व फुटबलमै उत्कृष्ट मिडफिल्डर मानिन्छन । विश्वकपबारे कसैले चर्चा गर्दा १९८६ को विश्वकप छुटाउन सक्दैन । जसमा म्याराडोनाले अर्जेन्टिनालाई विश्वकप उपाधि मात्र दिलाएनन , हातले गोल गरेर पनि संसारलाई चकितसमेत बनाएका थिय । म्याराडोना आफैँले त्यस गोललाई ‘ह्यान्ड अफ गड’ को संज्ञा दिएका थिए ।

क्वार्टरफाइनलमा इंग्ल्यान्डविरुद्ध म्याराडोनाले गरेको हातेगोल अत्यधिक चर्चित र विवादास्पद बन्यो । यही विश्वकपमा उनले इंग्ल्यान्डविरुद्धकै खेलमा मैदानको मध्यभागबाट ६ जना खेलाडीलाई छक्याउँदै बल लगेर उत्कृष्ट गोल गरेका, जुन विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट गोलका रूपमा मानिन्छ । सो विश्वकपमा म्याराडोनाले गोल्डेन बुट जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्