शेर्पा संघ अमेरिकाको अध्यक्षमा आङ जाङ्बु निर्बाचित



आङजाङ्बु शेर्पा ‘गोले’

काठमाडौं, ८ मंसिर ।शेर्पा संघ अमेरिकाको अध्यक्षमा आङजाङ्बु शेर्पा ‘गोले’ निर्बाचित भएका छन् ।

संघको शनिबार सम्पन्न महाधिवेशनबाट २०२१ देखि २०२२ सम्मका लागि निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा पासाङ दोर्जी शेर्पा ( एपी. लामा), उपाध्यक्षमा श्यम्बु शेर्पा, महासचिवमा दाजिमा शेर्पा छन् ।

यसैगरी,सचिवमा पेम्बा गिर्मे शेर्पा , कोषाध्यक्षमा निलु शेर्पा, प्रवक्तामा डोल्मा शेर्पा (MC) र सदस्यहरुमा साङ्गे शेर्पा,सबिन शेर्पा,वाङगेल शेर्पा,डोल्मा शेर्पा रहेको शेर्पा संघ अमेरिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्