थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि, देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित



काठमाडौं, २२ कार्तिक।  देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोनाभाइरसको सक्रिय संक्रमित ३५ हजार ४३५ जना रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना रहेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्