एटीएम बुथ फुटाउंदै गर्दा युबक पक्राउ



काठमाडौं, १७ कार्तिक । प्रहरीले एक जना युवकलाई बैंकको एटिएम बुथ फोडिरहेको अवस्थामा पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय युवकलाई पक्राउ गरेको हो। उनले आइतवार राति काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्