हांस्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि



काठमाडौं, ११ कार्तिक । हांस्य कलाकार मनोज गजुरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हिजो बेलुकी कोरोना रिपोर्ट पोजेटिभ आए पनि गएको बिहीबारदेखि नै आइसोलेशनमा बसेको उनले बताए।

बिहीबारपछि लगातार सामान्य टाउको दुखेको र त्यसपछि ज्वरो आएर जीउ दुख्न थालेपछि आइतबार पीसीआर गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको उनको भनाई छ । उहाँले सेल्फ आइसोलेशनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताएका छन् ।

गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेका उनले अस्पतालबाटै संक्रमण भएकाे हुनसक्ने शंका गरेका छन् । जनस्वास्थ्य विज्ञ तथा सामाजिक अभियन्ता डा. रवीन्द्र समिरको सुझाव, सल्लाह र ‘कोभिड उपचार गाईडलाईन’मा रहेकाे उनले बताए । आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा ‘पोजिटिभ’ देखिई हालेमा पनि नआत्तिन, बिश्वासिलो चिकित्सकको सम्पर्कमा रहन उनले अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्