आफ्नो बिरोधमा बोल्ने कार्यकर्ताले प्रधानमन्त्री ओलि विरुद्ध बोल्न नसकेको देउवाको आरोप

काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै पार्टी सभापतिको बिरोध गर्न सक्ने कांग्रेस कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलिको बिरोध गर्न नसकेको आरोप लगाएका छन।

नेपाली कांग्रेस कोभिड-१९ अनुगमन समितिले प्रदेश ५ का नेता कार्यकर्तासँग गरेको भर्चुअल संवादमा देउवाले भने,‘शेरबहादुर देउवाको विरोधमा सबै बोल्छन्। ओलीको विरोधमा कोही बोल्दैनन्।
कांग्रेसमा सभापतिको विरोध गर्ने छुट रहेको उनले सुनाए। ‘मेरो विरोध गर्न त जसले पनि पाएकै छ नि। मेरो विरोध गर्नलाई ठूलो कुरा होइन,’ उनले भने। सभापतिको आलोचना गर्नेले वर्तमान सरकारको विरोध गर्न सक्नुपर्ने उनको भनाइ थियो।

