कोरोनापछिको नेपाल र व्यावसायिक सम्भाब्यता
-सुबाश जमरकट्टेल

प्राकृतिक वातावरणसँगै सिङ्गो सामाजिक प्रक्रिया, समाज तथा यसभित्रका सामाजिक संस्थाहरू, मूल्य, मान्यताहरूआदि परिवर्तनशील हुन्छन् । यस्ता परिवर्तनले गर्दा नै भिन्नाभिन्नै प्रकृति वा विशेषताहरू भएका नयाँ समाज, सामाजिक संस्थाहरू, मूल्य, मान्यता, राजनैतिक परिपाटी, सांस्कृतिक संरचना, परिवार, समुदाय, राष्ट्र, विश्व र नयाँ सभ्यताको सृष्टि हुन्छ । ऐतिहासिक युगहरूमा पनि विभिन्न आन्दोलनहरू भए । पहिलो विश्व युद्ध, दोस्रो विश्व युद्ध, विभिन्न समयमा हुने महामारी, प्राकृतिक प्रकोप, विभिन्न विपद्का घटना आदि कारणहरूबाट विभिन्न परिवर्तनहरू आएको देखिन्छ ।
महामारीको रूप लिएर पैmलिने रोग वा भाइरसहरू लगभग एक शताब्दीमा एक पटक पैmलिने गरेको इतिहास देखिन्छ । त्यसैको चपेटामा यो युगको महामारीलाई हामीले सामना गरिरहेका छौँ । कोरोना भाइरस संक्रमणका कारण यो बेला विश्व मानव समुदाय नै त्रसित बन्नु परेको छ । पृथ्वीनारायण शाहले आजको विशाल नेपालको एकीकरण गरी काठमाडौंमा राजधानी बसाएदेखि आजसम्म पटकौँ पटक राज्य सत्ता र राज्य व्यवस्था परिवर्तन भए । ठुल्ठुला घटना र युद्ध भए । तर, यसरी कहिल्यै ठप्प नभएको काठमाडौंं राजधानी लगायत सिंगो देश नै ठप्प छ । दैनिक हजारौँको संख्यामा गुड्ने सवारी साधन र करोडौँको कारोबार हुने व्यापार व्यावसाय तथा बजारहरू बन्द छन् । हरेक मान्छेहरू मृत्युको बाटो छेक्न घर–घर र गेट–गेटमा लकडाउन (एकान्तवास) मा घरभित्रै बसेका छन् । लकडाउनका कारण ऐतिहासिक बिस्केट जात्रा, नयाँ वर्षका रमझम लगायतका थुप्रै सुन्दर र चर्चित कार्यक्रम मात्र बन्द भएनन्, दुःखी, गरिब र दैनिक ज्याला मजदुरी गरी पेट पाल्ने परिवारको चुल्हो बल्नसमेत बन्द भएको छ । लामो समयको लकडाउनका कारण सबै तह, तप्काका पेशा–व्यवसायमा आबद्ध भएका मान्छेहरूलाई आ–आफ्नै तरिकाका अप्ठ्यारा र समस्याहरू आइपरेका छन् ।
यस्तो लामो समयको बन्दाबन्दी र डर त्रासका कारण हर क्षेत्रमा अल्पकालीन तथा दीर्घकालीन असर पर्नेदेखिन्छ । कतिपय मूल्य मान्यता, संस्कार संस्कृति लोप हुने, परिवर्तन र परिमार्जित हुने देखिन्छ । सोही आधारमा हेर्दा यो कोरोना भाइरस नियन्त्रणपछि हाम्रो देशमा के कस्तो परिवर्तन आउला अर्थात् देशको अवस्था कस्तो होला भन्ने विषयमा यहाँ सामान्य आँकलन गर्न खोजिएको छ :
(क) कृषि क्षेत्र
विश्वभर फैलिएको कोरोना भाइरसका कारण यति बेला सबै मानिसहरू घरैभित्र बसेर खानाले खाद्य संकट सृजना हुन थालेको छ । यो कुरालाई विश्व स्वास्थ्य संगठनका विभिन्न तथ्यांकले बोध गराइरहेको देखिन्छ । आफ्ना लाखौँ हेक्टर खेतीयोग्य जमिन बाँझो राखेर अरू देशबाट सयौँ मेट्रिक टन खाद्यन्न आयात गर्ने परिपाटीले यो अवस्था आएको हो । परिवारको एकजना सदस्य वैदेशिक रोजगारीमा गएर रेमिट्यान्स पठाउने बाँकी सदस्य शहरमुखी भई कृषि पेशालाई घृणा गर्ने आदतमा हामी लहसिएका छौँ । शहरमै बसेर सुखी जीवनको कल्पना गर्नेको धुइरो लागेको छ । यद्यपि अब भने यो परिपाटीको सोच केही हदसम्म बदलिने देखिन्छ । युरोप, अमेरिका लगायत खाडी मुलुकहरूको समेत अर्थतन्त्र कमजोर हुनाले वैदेशिक रोजगारीको वातावरण घट्ने छ । त्यसको फलस्वरूप नेपालीहरूले आफ्नै खेतबारीमा पसिना सिञ्चित गर्नतिर लाग्न सक्छन् । कृषि कर्मको महत्व बुझ्ने छन् । विदेशमा काम गरेको सीप र दक्षता प्रयोग गरी आधुनिक कृषि प्रविधिको विकास गर्ने सम्भाव्यतालाई अनुमान गर्न सकिन्छ । आफ्नै हावा, पानी र माटोमा रमाउनाले कृषिमा केही प्रतिशत भए पनि नेपालीहरू आत्मनिर्भर बन्न प्रयत्नशील हुनेछन् । युवाहरू विदेश पलायन हुने क्रम घट्ने छ । सरकारले पनि कृषि तथा उद्योगधन्दामा लगानी थप गर्ने सम्भावना देखिन्छ ।
(ख) व्यापार
नेपालको बजार व्यवस्थालाई नियाल्दा विकसित र आर्थिक अवस्था सबल भएका देशहरूको दाँजोकै हाराहारी रहेको देखिन्छ । देशको समग्र अर्थतन्त्र कमजोर भए पनि कम्पनी र व्यक्तिहरूको आर्थिक अवस्था त्यति कमजोर देखिन्न । हाल अन्य देशबाट आयात गरी व्यापार गर्ने महंगा सामाग्रीहरू जस्तो स् गाडी, मोटरसाइकल, टेलिभिजन, मोबाइलहरूको खपत घट्नाले व्यापार पनि घट्ने छ । आकासिएर बढेको घर जग्गाको कारोबारमा पनि गिरावट आउने देखिन्छ । आफ्नै भूमि अर्थात् देशभित्रै उत्पादित सामग्रीहरूको व्यापार–व्यवसाय भने फस्टाउने अनुमान गर्न सकिन्छ । वैदेशिक रेमिट्यान्स कम हुनु र आपूmसँग निर्यात् गर्ने स्रोत साधन पर्याप्त नहुनुले व्यक्तिको आयस्रोत पनि घट्ने देखिन्छ । यसो हुँदा व्यापार व्यवसायमा पनि गिरावट हुन सक्छ । लामो समय कलकारखाना, उद्योगधन्दा बन्द हुनु, विभिन्न बहानामा सञ्चालित एनजीओ÷आइएनजीओको गतिविधि घट्नुले कोरोना नियन्त्रण र लकडाउन खुलेपछिको नेपालको अर्थव्यवस्था कमजोर हुने साथै ठूला–ठूला व्यापार व्यवसाय धराशायी हुनेदेखिन्छ ।
नेपालको बजार व्यवस्थालाई नियाल्दा विकसित र आर्थिक अवस्था सबल भएका देशहरूको दाँजोकै हाराहारी रहेको देखिन्छ । देशको समग्र अर्थतन्त्र कमजोर भए पनि कम्पनी र व्यक्तिहरूको आर्थिक अवस्था त्यति कमजोर देखिन्न । हाल अन्य देशबाट आयात गरी व्यापार गर्ने महंगा सामाग्रीहरू जस्तो : गाडी, मोटरसाइकल, टेलिभिजन, मोबाइलहरूको खपत घट्नाले व्यापार पनि घट्ने छ । आकासिएर बढेको घर जग्गाको कारोबारमा पनि गिरावट आउने देखिन्छ । आफ्नै भूमि अर्थात् देशभित्रै उत्पादित सामग्रीहरूको व्यापार–व्यवसाय भने फस्टाउने अनुमान गर्न सकिन्छ । वैदेशिक रेमिट्यान्स कम हुनु र आपूmसँग निर्यात् गर्ने स्रोत साधन पर्याप्त नहुनुले व्यक्तिको आयस्रोत पनि घट्ने देखिन्छ । यसो हुँदा व्यापार व्यवसायमा पनि गिरावट हुन सक्छ । लामो समय कलकारखाना, उद्योगधन्दा बन्द हुनु, विभिन्न बहानामा सञ्चालित एनजीओ÷आइएनजीओको गतिविधि घट्नुले कोरोना नियन्त्रण र लकडाउन खुलेपछिको नेपालको अर्थव्यवस्था कमजोर हुने साथै ठूला–ठूला व्यापार व्यवसाय धराशायी हुनेदेखिन्छ ।
(ग) शिक्षा
लकडाउनका कारण एसईई लगायत विभिन्न तहको परीक्षाको तयारी गरेर बसेका लगभग पचास लाख विद्यार्थी यो बेला भूमिकाविहीन अवस्थामा छन् । शिक्षा राष्ट्रको मेरुदण्ड हो तर नेपालमा भने दुई प्रकारको शिक्षा व्यवस्था हुनाले यो युक्ति अमिल्दो देखिन्छ । सरकारको शिक्षा नीति र योजना नै अव्यवहारिक र अनुत्पादक छ । त्यसैले सरकारी विद्यालयले अव्यावहारिक कोरा कागजी पाठ्यक्रम घोकाउने गरेको छ भने निजी विद्यालयहरूले माध्यमिक तहदेखि नै वैदेशिक सपना देखाउने सुँगा रटाइको एकोहोरो जनशक्ति उत्पादन गरिरहेका छन् । सरकारी विद्यालयबाट उत्पादित जनशक्तिको ठूलो हिस्सा योग्यताका प्रमाणपत्र प्रयोगविहीन र अव्यावहारिक भन्दै खाडी मुलुकमा छन् । निजी विद्यालयबाट उत्पादित जनशक्ति युरोप, अमेरिका, अस्टे«लिया र क्यानडातिर बरालिइरहेका छन् । अब यो कोरोना नियन्त्रणपछि शिक्षाको संरचना र प्रकारमा पनि आमूल परिवर्तन आउन सक्छ । अभिभावकहरूले आफ्ना बच्चालाई व्यावहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने कुरामा चनाखो हुनेछन् । बच्चाहरूले प्रमाण–पत्रका लागि भन्दा व्यावहारिक सीपको लागि पढ्नुपर्छ भन्ने बुझ्ने छन् । कृषि, भेटेनरी जस्ता गाउँमै बिक्ने र टिक्ने जनशक्ति उत्पादन हुनेछन् । जसको कारण अबको ५देखि १० वर्षमा निजी विद्यालयमा विद्यार्थी संख्या कम र सरकारी विद्यालयका विद्यार्थी संख्या बढी हुने छ । बाहिर पढ्न जाने विद्यार्थीको संख्या अहिलेको तुलनामा ७०–७५ प्रतिशत कम हुने अनुमान गर्न सकिन्छ ।
(घ) पर्यटन
विश्व मानव समुदायमा सृजित कोरोना भाइरसको सन्त्रास र बन्दाबन्दीका कारण धेरै देशहरूको अर्थतन्त्र कमजोर हुने देखिन्छ । त्यसै कारण पनि मान्छेहरू घुमफिर रोमान्सभन्दा आ–आफ्नै जीविकोपार्जनमा लाग्नेछन् । जसका कारण हाम्रो जस्तो पर्यटकीय देशमा घुम्न आउने पर्यटकको संख्या तुलनात्मक रूपमा घट्ने देखिन्छ । देशभित्र आधुनिक कृषि प्रणाली, उद्योगधन्दा, कलकारखाना सञ्चालन हुने, व्यावसायिक कृषि तथा पशुपालनहरू सञ्चालन हुने हुनाले बाह्य पर्यटकको मात्रा घटे पनि आन्तरिक पर्यटकको भने संख्या बृद्धि हुनेदेखिन्छ ।
(ङ) संस्कृति
नेपालका पुराना संस्कार संस्कृतिको खोजी हुनेछ । आ–आफ्ना भाषा, धर्र्म र संस्कार संस्कृतिको खोजअनुसन्धान र अनुसरण गर्ने प्रवृत्तिको विकास हुनेछ । युरोप, अमेरिका, अस्टे«लिया र खाडी मुलुकमा बसेका युवाहरूको ठूलो जमात एकैपटक देशमा आउनाले विकसित देशहरूको संस्कार संस्कृति पनि केही हदसम्म आउनेदेखिन्छ । त्योभन्दा अन्य देशमा दुःख हन्डर खेपेर आएकाहरूले आफ्नै संस्कार संस्कृति उत्तम रहेछ भनेर मनन गर्न सक्छन् । नेपाली समाजमा परापूर्व कालदेखि चलिआएका संस्कार संस्कृतिहरूको पुनः अनुसरण बढ्नेछ । पाश्चात्य मुलुकबाट भित्रिएका संस्कार संस्कृति क्रमशः हराउँदै जानेछन् । घरमै बस्ने आमा, बुबा र वृद्धको सेवा–सुसार गर्ने, आफ्नै सुदोपिठो खाने, आफ्नै माटोमा पसिना बगाउने संस्कारको विकास हुने एउटा सकारात्मक पक्षको विकासको अनुमान गर्न सकिन्छ । पछिल्लो समय ह्वात्तै बढेको श्रीमान्श्रीमतीको छोड्पत्र गर्ने, एक जनाको श्रीमती अर्कोले लाने संस्कारको अन्त्य हुने, वृद्धाश्रमको संख्या घट्ने अनुमान गर्न सकिन्छ । जनस्तरमा चेतनाको अभिवृद्धि हुनाले राजनैतिक संस्कार र परिपाटीमा पनि सुधार आउने अनुमान गर्न सकिन्छ ।
(च) विकास निर्माण
विकास निर्माणले पनि गति पाउने अनुमान गर्न सकिन्छ । “आफ्नो गाउँ आपँैm बनाऊँ” भन्ने नारा अबउप्रान्त लागु हुन सक्छ । आफ्नो देशमा बसुन्जेल यो देशमा भविष्य छैन भनी विदेशिएकाहरू विदेशी भूमिमा पुगेपछि उनीहरूको मनमा पलाएको देशभक्तिको भावनालाई यहाँ लिएर आउनेछन् । विकसित देशले गरेको देश विकासको खाका पनि हेरेर आएकाहरू हुनेछन् । विकास निर्माण गर्ने निहुँमा गाउँमा एक्लौटि रूपमा भ्रष्टाचार गर्ने परिपाटीमा उनीहरूले आवाज उठाउने छन् । निगरानी गर्नेछन् । जसको कारण आवश्यकता र प्रभावकारिताको पहिचान गरी विकासका गतिविधिहरू सञ्चालन हुनेछन् । गाउँघरमा जनशक्तिको अभाव हट्नेछ । प्राविधिक, दक्ष, अर्धदक्ष र ज्यामी सबै प्रकारको जनशक्ति हुनाले काममा तिब्रता आउनेछ । एनजीओ, आइएनजीओहरूले सहयोग र विकासका नाममा आफ्नो स्वार्थ पूरा गर्ने परिपाटी घट्ने अनुमान गर्न सकिन्छ ।
यसरी समग्रमा हेर्दा यो कोरोना भाइरसको विश्वव्यापी सन्त्रासबाट जोगिन गरिएको लकडाउनका कारण मानव जीवनमा आई परेका समग्र समस्या र कठिनाईहरु समाधान भई पुरानै अवस्थामा जनजीवन फर्कन नै धेरै समय लाग्ने देखिन्छ । कृषि, व्यापार, शिक्षा, संस्कृति र विकास निर्माणमा देखा परेका समस्याहरु क्रमशः समाधान हुदै जानेछन् । यसले थोरै मानिसहरुमा नैरास्यता, उदासिनता र मानसिक तनावको स्थिति सृजना गरे पनि धेरै जसो नेपालीहरुमा आफैं गर्ने, अर्कोको भर नपर्ने, आफ्ना स्रोत साधनको खोजी र प्रयोग गर्ने, भविष्यको लागि वचत गर्ने प्रकारका सकारात्मक पक्षहरुको विकास हुने देखिन्छ ।
सचिव,
चोमोलुङ्मा फाउन्डशन नेपाल
नेचा, सोलुखुम्बु हाल भक्तपुर,
(प्रतिक्रियाको लागि [email protected]_