कोइरालालाई विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी

काठमाडौं, ३१ भाद्र । सरकारले नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ । ऊर्जा मन्त्रालयले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै कोइरालालाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

विद्युत् प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते पदावधि सकिएपछि कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको ऊर्जा मन्त्री वर्षमान पुन अनन्तका निजी सचिव कमान थापा मगरले जानकारी दिए ।
विद्युत प्राधिकरणको निमित्त कार्यकारी प्रमुखमा नियुक्त भएका लेखनाथ कोइराला प्राधिकरणका १२औँ तहमा कार्यरत कर्मचारी हुन् । हाल प्राधिकरणमा कार्यरत कर्मचारीमध्ये कोइराला सबैभन्दा वरिष्ठ हुन् । हितेन्द्रदेव शाक्य कोइरालाभन्दा वरिष्ठ कर्मचारी हुन । तर, अहिले शाक्यको दरबन्दी कम्पनीमा रहेकाले कोइरालालाई निमित्तको जिम्मेवारी दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

