नेपाल उद्योग बाणिज्य संघको साधारण सभा फेरि स्थगित



काठमाडौं, ८ साउन।साउन २६ र २७ गते हुने भनिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा पुनस् अनिश्चितकालका लागि स्थगित भएको छ ।

सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न नपाइने भने पछि चुनाव सार्नु परेको महासंघले जनाएको छ ।

अर्को मिति भने तय गरिएको छैन । आज महासंघले आगामी निर्वाचनका लागि छलफल गर्न पूर्वअध्यक्षहरुसँग बैठक राखेको थियो । सो बैठकले साधारणसभाका सम्पूर्ण कार्यक्रमहरु हाललाई संचालन नगर्ने निर्णय गरेको हो ।

सरकारले कोरोनाका कारण गत चैत्र ११ गतेदेखि लकडाउन गरेपछि महासंघको चैतको अन्तिम साता हुने चुनाव त्यतिबेला पनि स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्