जहाँ ८० रुपैयाँमै किन्न पाइन्छ एउटा घर !



एजेन्सी । मानिसहरुले एउटा घर किन्न निके मेहनत गरेका हुन्छन् । कुनै नोकरी गरेका मानिसले पनि घर किन्न धेरै नै समय लाग्छ । घर बनाउने सपना देख्दा देख्दै धेरै संसारबाट विदा पनि लिइसकेका उदाहरण पनि छन् । बढ्दो महंगीले घर त परै जाओस् एउटा राम्रो फर्निचर पनि किन्न सकिदैन ।

तर तपाईलाई पत्यार नलाग्ला, इटालीमा ८० रुपैयाँमा घर किन्न सकिन्छ । तर कसरी यति थोरै रुपैयामा पनि घर किन्न सकिन्छ होला । इटलीको द्धिप सिसिलीमा भएको एक नगर परिषद विदेशीन लागेका मानिसहरुलाई रोकी संबुका गाउँमा बस्न सहयोग गरीरहेका कारण यहाँ एउटा घरको मुल्य ८० रुपैयाँ राखिएको हो ।

संबुका गाउँमा जनसंख्या घट्दै गएपछि त्यहाको जनसंख्या बढाउन यस्तो उपाय अपनाइएको बताइएको छ । त्यहाँको जनसँख्या ५८ सय रहेको छ । सस्तोमा घर पाइएको उक्त स्थानमा पत्रकार, लेखक, संगीतकार र राम्रा मानिसहरुले घर किनिरहेको बताइएको छ ।
(सांकेतिक तस्वीर)

प्रतिक्रिया दिनुहोस्