सुनको मूल्यमा घट्यो



काठमाडौं ३० असार । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा मंगलबार तोलामा एक सयले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ७६० रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आइतबार चाँदी प्रतितोला ९९० रुपियाँमा कारोबार भएकोमा आज ५ रुपियाँले बढेर प्रतितोला ९९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्