ग्लोबल आइएमई बैंकद्वारा कर्णाली प्रदेशलाई आर्थिक सहयोग
काठमाडौ २७ असार । ग्लोबल आइएमई बैंकलेकोरोना रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशसरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ ।
बैंकको कर्णाली प्रदेशकोप्रादेशिक कार्यालयप्रमुख मदन कुमार मुल्मीले कर्णालीप्रदेशका माननीय मुख्यमन्त्रीमहेन्द्र बहादुर शाहीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
माननीय मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड –१९)विरुद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिनु भयो ।
बैंकले, कोरोना भाईरसले नेपाल लगायत सम्पूर्ण विश्वलाईनै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएकोे छ ।
बैंकले स्थापनाकाल देखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको छ र आगामी दिनहरुमा समेत यस्तो सहयोग लाई निरन्तरता दिँदै जानेछ ।