उपत्यकामा २४ घण्टामा थपिए २८ संक्रमित,जम्मा संख्या २६७ पुग्यो
काठमाडौं, २३ असार । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा थप २८ जनामा कोरोना पुष्टि भएको छ। उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन्।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौं १ जना, पाटन अस्पताल प्रयोगशालामा भक्तपुरका ४, काठमाडौंका १२ र ललितपुरका १० जना संक्रमित र त्रिभुवन शिक्षण अस्पतालमा काठमाडौंका एक १ जनामा कोरोना संक्रमण देखिएको हो।
यससँगै काठमाडौं उपत्यकामा संक्रमितको संख्या २६७ पुगेको छ। काठमाडौंमा १ सय ७५ जनामा संक्रमण देखिएको छ भने पाटनमा ४९ र भक्तपुरमा ४३ जनामा संक्रमण पुष्टि भएको छ।