इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हट्सपर विजयी



काठमाडौं २३ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा आत्मघाती गोल उपहार पाउँदा टोटनहम हट्सपर विजयी भएको छ । टोटनहमको घरेलु मैदानमा आइतबार राति भएको खेलमा एभर्टन टोटनहमसँग एक शुन्य गोल अन्तरले पराजित भएको हो ।

खेलको २४ औँ मिनेटमा माइकल केनले गरेको आत्मघाती गोल नै एभर्टनको हारका लागि काफि भयो । हारसँगै एभर्टन ४४ अंककासाथ लिगको ११औँ स्थानमा छ भने टोटनहम ४८ अंककासाथ ८औँ स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्