प्रिमियर लिग : बाटफोर्डविरूद्ध चेल्सी विजयी



काठमाडौं २१ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले वाटफोर्डबिरुद्ध शानदार जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले वाटफोर्डलाई ३–० ले हराएको छ। चेल्सीको जीतमा ओलिभर जिराउड, विलियन र रोस बार्कलीले गोल गरे ।

बार्कलीको पासमा जिराउडले २८ औं मिनेटमा चेल्सीलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफको अन्तिम समयमा क्रिस्टियन पुलिसिकलाई डिबक्स भित्र लडाएपछि लण्डन क्लबले पेनाल्टीको अवसर पायो । जसमा विलियनले सहजै गोल गरे ।

दोस्रो हाफको ईन्जुरी समयमा डिबक्स भित्र प्राप्त बलमा बार्कलीले गोल गर्दै चेल्सीलाई ३–० को जीत दिलाए ।

जीतसंगै चेल्सीले च्याम्पियन्स लिग छनोटको यात्रालाई सहज बनाएको छ । चेल्सी ५७ अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!