चर्को आलोचना भएपछि दिपाले माफी मागिन



काठमाडौं १८ असार । निर्देशक तथा कलाकार दीपाश्री निरौलाले नायक राजेश हमालका फ्यानसँग माफी मागेकी छन्। एक टेलिभिजन अन्तर्वार्तामा उनले ‘राजेश हमाल महानायक हो र ? भन्ने जवाफ दिएपछि हमालका फ्यानहरु उनीसँग भड्किएका थिए।
उनले फेसबुकमा स्टाटस लेख्दै हमाललाई ‘सुपरस्टार’ नै होइनन् भन्ने हैसियत आफ्नो नभएको उल्लेख गरेकी छन्। चर्को आलोचना भएपछि उनले फ्यानहरुसँग माफी माग्दै लेखेकी छन्, ‘काठमाडौंमा पाउरोटी समेत खान नपाएर संघर्ष गरेर यो स्थानमा आएँ कि म सामान्य कलाकार हुँ। मेरो विगतले नै मलाइ घमन्ड गर्ने अनुमति दिँदैन, म यो क्षेत्रमा ३० वर्षदेखि छु। टुप्पोबाट पलाएको पनि छैन।’

प्रतिक्रिया दिनुहोस्