चट्याङ लागेर १ सय ७ जनाको मृत्युु !



काठमाडौं,१२ असार । भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ ।

यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘बिहार र उत्तर प्रदेशका केहि जिल्लामा भारी वर्षा र चट्याङका कारण मानिसहरुको निधन भएको दुःखद समाचार पाएँ ।

राज्य सरकार तत्परताका साथ राहत कार्यमा जुटेका छन् । यो आपतकालीन स्थितीमा जसले आफ्नो ज्यान गुमाउनु परेको छ, उनीहरुको परिवारप्रति आफ्नो समवेदना प्रकट गर्छु ।’

कांग्रेस नेता राहुल गान्धीले पनि यस घटनामाथि दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री नितिश कुमारको कार्यलयको तर्फबाट जारी प्रेस विज्ञप्तिमा चट्याङका कारण मृत्यु भएकाहरुका लागि समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्