थाइल्याण्डबाट पूर्वयुवराज्ञी शाह स्वदेश फिर्ता



काठमाडौँ ९ असार । पूर्वयुवराज्ञी हिमानी राज्य लक्ष्मी शाह तीन महिनापछि स्वदेश फर्किएकी छिन् । लकडाउन अगाडि छोरीहरु पूर्णिका र कृतिकालाई भेट्न थाइल्याण्ड गएकी हिमानी शाह मंगलबार स्वदेश फर्किएकी हुन् । हिमानीसँगै छोरा हृदयेन्द्र पनि थाइल्याण्ड गएका थिए।

नेपालमा कोरोना भाइरस संक्रमण जोखिम रोक्न सरकारले चैत ११ देखि लकडाउन गरेपछि उनी उतै रोकिएकी थिइन् । हिमानीका छोरीहरु अहिले उच्चशिक्षाका लागि थाइल्याण्डमा छन्। लकडाउनको अवधिमा थाइल्याण्डमा हिमानी छोरीहरुसँग टिकटक रमाएकी थिइन् । छोरीहरुसँगको हिमानीको टिकटक भिडियो भाइरल बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्