संयुक्त राष्ट्र संघको अस्थायी सदस्यमा भारत निर्बाचित



काठमाडौ , ४ असार ।संयुक्त राष्ट्र संघको अस्थायी सदस्यमा भारत २०२१-२२ कार्यकालका लागि एसिया प्रशान्त क्षेत्रबाट विजयी भएको हो । यस क्षेत्रका ५५ राष्ट्रसहित १८४ राष्ट्रले भारतको पक्षमा मतदान गरेका थिए । निर्वाचित हुन दुईतिहाइ अर्थात् १२८ मत आवश्यक परे पनि भारतले १८४ मत प्राप्त गरेको हो । मेक्सिको पनि उत्तर अमेरिकी क्षेत्रबाट सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।

तर अस्थायी सदस्य बन्‍ने क्यानडाको प्रयास भने असफल रह्‍यो । आयरल्यान्ड र नर्वेसँग क्यानडा पराजित भएको हो । बाँकी रहेको एक अस्थायी सदस्यका लागि केन्या र जिबुटी प्रतिस्पर्धामा छन् ।

अस्थायी सदस्य राष्ट्रमा निर्वाचित भइसकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्थायी सदस्य राष्ट्रमा भारतको जितका लागि सहयोग गर्ने सबै राष्ट्रलाई कृतज्ञता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्