कोरोनाका कारण २० जनाको मृत्यु भएको तथ्यांक वास्तविक होइन: प्रधानमन्त्री ओली



काठमाडौं, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणका कारण नेपालमा २।३ जना भन्दा बढीको मृत्यु नभएको बताउनु भएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा कोरोना संक्रमणका कारण बुधबारसम्म मुलुकमा २० जनाको मृत्यु भएको आधिकारिक तथ्यांक सार्बजनिक गरिरहंदा प्रधानमन्त्री ओलीले राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो।वहाँले स्वास्थ्य मन्त्रालयद्वारा सार्बजनिक तथ्यांक वास्तविक नभएको पनि बताउंनु भयो।

वहाँले बिश्व स्वास्थ्य संगठनको निर्देशन मान्नु परेका कारण मृत्यु हुनेको संख्या २० भनिए पनि यथार्थ त्यो नभएको प्रधानमन्त्री ओलीको दावी थियोे । २/३ जनाले कोरोनाका कारण ज्यान गुमाए होलान प्रधानमन्त्री ओलीले भन्नूभयो-‘ अन्यको अरु नै रोगले मृत्यु भएको हो। मृत्यु भइ सकेपछि मात्रै कोरोना संक्रमण देखिएको हो।’

नेपालमा प्रति १० लाखमा ०.७ प्रतिशतको मात्रै कोरोनाका कारण मृत्यु भएको दावी गर्दै उपचार पद्धति र रोग प्रतिरोधात्मक क्षमताका कारण नेपालमा मृत्युदर कम भएको वहाँको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्