कोरोनाका कारण मंगलबार एक महिलाको मृत्यु, जम्मा संख्या २० पुग्यो



काठमाडौं, ३ असार । नेपालगन्जमा मंगलबार मृत्यु भएको बाँकेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
भेरी अस्पताल नेपालगन्जले थप एक जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो। बाँके घर भएकी ४६ वर्षकी महिलाको उपचारका क्रममा बुधबार निधन भएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी उनको स्वाव परीक्षण गर्दा रिपोर्ट आज पोजेटिभ आएको हो ‌।

ती महिलामा ल्युपस नेफ्राइटिस नामक दीर्घरोग समेत रहेको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ । फाइल फोटो

प्रतिक्रिया दिनुहोस्