एन्फाको आकस्मिक बैठक उपाध्यक्ष उपस्थित नभएपछि भोलिलाई सर्‍यो



काठमाडौं १ असार । आज दिउँसो १ बजेका लागि बोलाइएको अखिल नेपाल फुटबल संघ ९एन्फा० को आकस्मिक बैठक भोलिलाई सरेको छ । वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेपछि बैठक स्थगित भएको हो ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ्गले स्वास्थ्यको कारण देखाउँदै बैठकमा आउन नसक्ने बताएपछि आपतकालिन बैठक स्थगित गरिएको एन्फाले बताएको छ । आकस्मिक बैठकका कुनैपनि सदस्य अनुपस्थित रहेको खण्डमा बैठकको निर्णयले बैधता नपाउने एन्फा विधानमा उल्लेख छ ।

सोही अनुसार समिति सदस्य रहेका वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग बैठकमा नआएपछि आपतकालिन बैठक स्थगित भएको हो । एन्फाले महत्वपूर्ण बिषयमा निर्णय गर्न आपतकालिन बैठक बोलाएको थियो ।

एन्फाको मानार्थ अध्यक्ष पुनर्बहाली गर्नेदेखि भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नेसम्मका बिषयमा निर्णय गर्न एन्फाले आपतकालिन बैठक बोलाएको हो । सोमबार हुन नसकेको बैठक मंगलबार २ बजेलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्