अभिनेत्री मनिषा कोइरालाको ट्वीट ‘सरकारको विरोधमा प्रदर्शन गर्नु उचित समय हैन’



काठमाडौं ३१ पुस । अभिनेत्री मनिषा कोइरालाले सरकारविरुद्ध भइरहेको प्रदर्शनलाई लिएर आजको दिन प्रदर्शन गर्न उचित समय नभएको जनाएकी छिन् ।
उनले कम्तिमा आजको दिन सरकारलाई सडकबाट दवाव दिनु (प्रदर्शन गर्नु) उचित नभएको जनाएकी हुन् ।

संघीय संसदमा आज (शनिबार) देशको नयाँ नक्सालाई आधिकारिकता दिने गरी संविधान संशोधन गर्ने महत्वपूर्ण काम भएका बेला युवाहरुले आन्दोलन गर्न नुहेने बताएकी हुन् ।
सामाजिक सञ्जाल ट्विटरमा मनिषाले लेखेकी छन्, ‘टाइमिङमा निश्चितरुपमा प्रश्न उठाउन योग्य छ । मैले सँधै महसुस गरेकी छु कि सरकार पारदर्शी हुनुपर्छ । सरकारले अहिले यति ठूलो कदम चाल्न गइरहेको छ । प्रदर्शनमा किन यसलाई समर्थन थोरै मात्रै मिलिरहेको छ ? आजकै दिन कि उनीहरु सरकारमाथि दवाव दिइरहेका छन् ?’

यसअघि मन्त्रिपरिषदले लिपुलेक, लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा पारित गर्दा मनिषाले त्यसको समर्थनमा ट्वीट गरेकी थिइन् । उक्त ट्वीटलाई लिएर भारतीय मिडियाहरु मनिषामाथि निकै खनिएका थिए ।

एक साताअघि मनिषा परिवारसहित भारतबाट नेपाल आएकी मनिषा एक होटेलको क्वारेन्टाइनमा बसिरहेकी छन् । उनले कोरोना भाइरसको संक्रमण फैलिने खतराकाबीच आन्दोलन तथा भीडभाड गर्न नहुनेतर्फ पनि सचेत गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्