नगरकार्यपालिका बैठकमा भएको हात हालहालको घटनाप्रति मेयर शेर्पाद्वारा दु:ख व्यक्त
सोलुखुम्बु,२९ जेठ ।सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले मंगलबार नगरकार्यपालिकाको बैठकमा उपमेयर कल्पना राई र प्रबक्ता शारदामाया तामाङबीच हात हालाहालको स्थिति उत्पन्न भएर बैठकसम्म अबरुद्ध हुन पुगेको घटनाले आफू दुखी भएको बताएका छन।
बिहिवार एक बिज्ञप्ति प्रकाशित गरि मेयर शेर्पाले यस दुखद घटनाबाट उत्पन्न परिष्थितिलाइ ब्यबस्थापन गर्नु नगरप्रमुखको हैसियतले आफ्नो जिम्मेवारी भएकाले निरन्तर संबादबाट आगामी दिनहरुमा सहकार्य,एकता,समझदारी र समन्वय वृद्धि गरि लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ।
समग्र नगरपालिका परिवार र नगरबासीहरुको चाहना पूरा गर्नु जनप्रतिनिधिको मूल कार्यभार भएको उल्लेख गर्दै मेयर शेर्पाले उपप्रमुख राई र प्रबक्ता तामाङबाट आगामी दिनमा मैत्रीपुर्ण बाताबरण सृजना हुने बिश्वास समेत ब्यक्त गर्नु भएको छ।
आफ्नै अध्यक्षतामा बसेको बैठकमा आकस्मिक रुपमा घट्न गएको घटनालाई सम्बोधन गर्न तत्काल बैठक स्थगित गरि पहलकदमी लिएको स्पष्ट पार्दै शेर्पाले अगाडि भनेका छन,- ‘यो असहज परिस्थितिलाई सहज बनाउन सहयोग पुर्याउने सम्पूर्ण नगरबासी र सरोकारवालाहरुमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।’