देशभरका मालपोत कार्यालय भोलिदेखि खुल्ने



काठमाडौं २४ जेठ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन घोषणा भएदेखि बन्द रहेका मालपोत कार्यालयहरू भोलि, २५ जेठदेखि खुल्ने भएका छन्।
११ चैतदेखि बन्द भएका सबै मालपोत कार्यालय साढे दुई महीनापछि सञ्चालनमा आउने भएका हुन्।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै २५ जेठदेखि सेवा पुनःसञ्चालन गर्न सबै मालपोत कार्यालयलाई निर्देशन दिएको छ।
सेवाग्राहीको अनुरोधलाई स्वीकार गर्दै लकडाउनका कारण बन्द भएका देशभरका मालपोत कार्यालय खोल्न लागिएको विभागले बताएको छ।

प्रतिक्रिया दिनुहोस्