एसइइ (SEE) परीक्षा र अनलाईन प्रबिधिको प्रयोग



-समीर बास्तोला

कोरोनाभाईरस (कोभिड-१९) रोगको महामारी र यसको सन्त्रासका कारण हाल विश्वजगत नै संकटमा गुज्रीरहेको छ । यस बिषम परिस्थितिले विश्वका प्रायस् सम्पूर्ण राष्ट्रहरुसचेतना,प्रतिरक्षा र संक्रमितको स्वाथ्यलाभको प्रयासमा तल्लिन छन। बिभिन्न राष्ट्रहरु लकडाउन घोषणा गरेर भाईरस फैलिन नदिन अनेक उपाय लगाइ प्रतिकुल समय लाई अनुकुल बनाउन लागि परेका छन ।


कोभिड–१९ को सन्त्राससंगै विश्वजगत अभूतपूर्व संकटको मोडमा पुगेको छ । भाईरसबाट बच्ने पूर्व तयारी,संक्रमितको स्वाथ्य ऊपचार र आवश्यकीय वस्तुको व्यबस्थापनका कारण एकातिर प्रत्येक देशको अर्थतन्त्र ओरालो लागेको छ भने अर्कोतिर मानबीय जीवनशैली र नियमित राष्ट्रिय कार्यक्रमहरु अबरुद्ध बनेको स्थिति छ।बिकसित हुँदै गएको यो दुर्भाग्यपूर्ण अवस्था दिनानुदिन बढ्दै जांदा निकट भविष्यमा धेरै राष्ट्रहरु आर्थिक रुपले जर्जर र धराशयी हुने निश्चित प्राय: बनेको छ।
कोरोना भाईरसको प्रकोपसंगै नेपालमा पनि अर्थ,स्वास्थ्य र शिक्षा तीन क्षेत्रमा प्रतिकुल असर परेको देखिन्छ । शैक्षिक क्षेत्रको विद्यालय तह देखी उच्च शिक्षा (विश्वविद्यालय तह) सम्मका शैक्षिक गतिबिधिहरु यतिबेला ठप्प छन । विश्वविद्यालय तहका सबै परीक्षा र कक्षाहरु बन्द भएको लामो समय भइ सक्यो । राष्ट्रियस्तरमा सन्चालन गरिने विश्वविद्यालय तहका परिक्षा जस्तै एस्एलसीको रुपमा १९९० साल देखि सन्चालित हुँदै आएको र पछिल्लो समय माद्यामिक शिक्षा परिक्षा (SEE) को नामबाट हुँदै आएको कक्षा १० को परीक्षा यश बर्ष सुरु हुनु अघिल्लो साँझ अचानक स्थगित भयो । २०७६ मा सन्चालन हुनु पर्ने यो परीक्षा स्थगित भएपछि नेपालभरका करिब ५ लाख बिद्यार्थीहरु प्रभावित भएका छन।
पुर्ण तयारी गरेर बसेका विद्यार्थीहरु परीक्षा दिनबाट अकस्मात बन्चित भएपछि उनीहरूमा चरम निराशा पैदा हुनु अस्वभाविक होइन।त्यस यता सरकारले देशभर घोषणा गरेको लकडाउन लम्बिएर झन्डै तीन महिना पुग्न लागेको छ।यद्यपि सरकारले स्थगित एसइइ परीक्षाका सम्बन्धमा कुनै ठोस कार्ययोजना ल्याउन सकेको छैन।यस कारणले गर्दा शिक्षक, बिद्यार्थी र अभिभावकहरु परीक्षाका सन्दर्भमा अझैपनि अन्योलताकै बीचबाट गुज्रिइरहनु परेको छ।
अहिलेको समय लाई हेर्नु पर्दा तालिका अनुरुप नतिजा प्रकाशन हुने समय सम्म आइपुग्दा समेत परिक्षा सन्चालनको गुन्जायस छैन ।
एस्इइ (SEE)परिक्षा देशैभर एकै समयमा एकै तालिका अनुसार सन्चालन हुने र नतिजा समेत एकै पटक प्रकाशित हुने उच्च महत्व बोकेको परिक्षा हो । जसलाई विद्यार्थी , शिक्षक, विद्यालय र अभिभावकले स्कुल जीवनको फाइनल परिक्षाको रुपमा हेर्दछन । वास्तबमा आज सम्म विद्यालय स्तरमा निरन्तर मुल्याङ्कन बिधि को पूर्ण पालना र लागू नभैसकेकोरनगरिसकेको अवस्थामा र साल भरि विद्यार्थीहरुलाई परीक्षाको निम्ति तयारी गराइएको अवस्थामा यो चांडो सन्चालन हुनु जरुरी छ । चाहे ढिलो वा चाडो होस् परीक्षा सन्चालन गरी विद्यार्थीहरुको मेहनत,समय र तयारीलाई खेर नफालि न्याय दिनु अति आवश्यक छ ।
करिब १४ वर्षका कलिला बालवालिकाहरुलाई परीक्षा रद्ध गरेर स्वमूल्याङ्कनको बहानामा अन्यायमा पारिनु हुँदैन । यसो गरियो भने मेहनति र लगनशील बिद्यार्थीहरुलाई जीवनभर नराम्रो छाप पर्न सक्छ । साथै कोरानाको बिशेषणसहितको ट्याग लाग्न सक्छ । त्यसको दोष समय परिस्थितिमात्र नभइ निर्णयकर्ता स्वयंले बेहोर्नु पर्नेमा कुनै शंका छैनत्यसैले वाल मनोबिज्ञानलाई सम्मान गर्न,आगामी दिनका लागि सबल र सक्षम नागरिक उत्पादन गर्न स्वमुल्याङ्कन वा स्वतस् उत्तीर्ण वा विद्यालयको मुल्याङ्कन कुनै पनि बिधि शैक्षिक रुपमा अब्बल मानिएका बिद्यार्थीका लागि हितकर हुने देखिंदैन ।
अतस् स्थगित परीक्षालाई परीक्षाकै रुपमा अबलम्बन गरिनु पर्दछ । चाहे यसका लागि फरक बिधि, संयन्त्र वा साधन श्रोत किन नहोस सही सम्बोधन साथ निकास दिन जरुरी छ । एस्इइ ९क्भ्भ्० परिक्षालाई एक उत्कृष्ट परीक्षाको रुपमा सन्चालन गर्न अहिलेको अवस्थामा अन्लाईन प्रणाली अपनाउन सकिन्छ । सरकारले असार १ गते देखी विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्न वैकल्पिक कक्षा सन्चालन गर्न निर्देशिका जारी गरेर अघि बढ्ने निर्णय गरेको छ । अब कक्षा सन्चालनमा यो बिधि अबलम्बन गर्न सकिन्छ भने कक्षा १० का बिद्यार्थीहरुका लागि पनि बैकल्पिक व्यबस्था गर्न लाई असहज भने छैन । फास्ट ट्र्याकबाट बिद्यार्थीको अवस्था र पहुंचलाई यकिन गरी भएका साधन र स्रोत प्रयोग गरेर र साधन श्रोत नभएका लाई अस्थायी रुपले साधन श्रोत उपलब्ध गराएर अन्लाईन प्रणालीबाट परीक्षा सन्चालन गर्न सकिन्छ । त्यसको पनि उपयोग गर्न नसक्नेलाई सामाजिक दुरी कायम राखेर भए पनि मौखिक तथा लिखित दुबै माध्यम बाट परिक्षा सन्चालन गर्न सकिन्छ ।
परीक्षालाई बैकल्पिक बिधिबाट सन्चालन गर्न साधन श्रोतको प्रयोग को लागि बिभिन्न संघसंस्था ब्यक्ति वा निकायको सहयोग लिन सकिन्छ । सुबिधा सम्पन्न विद्यालयहरुले सरकार लाई सहयोग गर्न तत्पर रहनु पर्दछ । यदी यो प्रकृयामा जान सकेमा राष्ट्रिय महत्व बोकेको एस् इ (SEE) परिक्षाको अन्योलता हटेर जाने साथै यो मामिलामा सम्पूर्ण तयारी भैसकेको परिक्षालाई टुंगोमा पुर्‍याउंदा परीक्षा बोर्डको पनि सफलता देखिने र बिद्यार्थी, शिक्षक रअभिभावकको मेहनतको पनि उचित कदर हुन सक्नेछ ।

(लेखक प्रशान्ति एकेडेमी कपनका प्रीन्सिपलका साथै एन प्याव्सन काठमाडौंका सहसचिव हुन)

प्रतिक्रिया दिनुहोस्