आजबाट विदेशमा रहेका नेपालीको उद्धार सुरु, पहिलो दिन २३६ जनालाई नेपाल ल्याइदै



काठमाडौं २३ जेठ । कोरोना भाइरसको महामारीले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सरकारले आजदेखि उद्धार सुरू गर्दैछ ।

दैनिक २९ सय जनालाई उद्धार गर्न सकिने तयारी पूरा भएपछि सरकारले आजदेखि विदेशमा रहेका तर महामारीले अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्न लागेको हो ।

पहिलो चरणमा आज म्यानमारबाट २६ जना नेपाली र युनाइटेड अरब इमिरेट्स (युएई) बाट २१० जना नेपालीलाई काठमाडौं ल्याउन लागिएको छ ।

म्यानमारबाट त्यहाँको सैनिक जहाजले नेपालीलाई लिएर आउनेछ भने युएईबाट चाटर्ड जहाले २१० नेपाली नेपाल नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उद्धार गरेर ल्याएका नेपालीहरूलाई नेपाली सेनाले तयार पारेको होल्डिङ सेन्टरमा राखिनेछ । त्यहाँ स्वास्थ्य परीक्षण लगायतका काम सकेर संक्रमण नदेखिए उनीहरूलाई सम्बन्धित स्थानीय तहमा पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्