दैलेखमा एकै दिन भेटिए थप १ सय पाँच जना कोरोनाका संक्रमित



दैलेख २२ जेठ । पछिल्लो समय नेपालमा पनि कोरोना भाइरस (कोभिड १९) को संक्रमण तीब्र गतिमा बढन थालेको छ । दैनिक एक दुइ जना संक्रमित भेटिने सख्या बढेर दैनिक एक भन्दा बढी संक्रमित भेटिन थालेका छन । नेपालको पश्चिम भागमा बढी यसको प्रभाव देखिएको छ ।

विहिबार एकै दिन दैलेखमा १ सय पाँच जना कोरोना संक्रमित भेटिएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको ल्याव टेष्टमा १०५ जनामा कोरोना पोजेटिभ देखिएको हो । दैलेखको नारायण नगरपालिकामा १ सय ५ जना कोरोना संक्रमित फेला परेको उल्लेख गरिएको छ।

थपिएका संक्रमीतमध्ये नारायण नगरपालिकाका ६४ जना पुरुष ५ जना महिला रहेका छन्। त्यही नगरपालिकाको देवलकाँडाका १२ जना पुरुष सोतका ९ जना पुरुष मानटाकुराका ७ जना पुरुष साडुका २ जना पुरुष भवानिका ५ जना पुरुष बाँसकोटका १ जना पुरुष रहेका छन्।

प्रतिष्ठानका अनुसार मुगुको खत्याडका एकजना पुरुषमा पनि कोरोना पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विवेक पुनमगरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। यससँगै दैलेखमा मात्रै कोरोना संक्रमीतको संख्या २ सय १० जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्