लकडाउन उल्लंघन गर्ने ब्यबसायीहरुको घोषणा,११ बजेसम्म पसल खुल्ने



काठमाडौं, २२ जेठ।पछिल्लो पटक जेठ ३२ गतेसम्म लकडाउनलाइ निरन्तरता दिने सरकारको निर्णयलाई ब्यबसायीहरुले उल्लंघन गर्ने भएका छन।गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन हट्ने सुनिश्चितता नदेखिएपछि व्यवसायीहरुले सरकारी निर्णयको उल्लंघन गर्ने घोषणा गरेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासंघको आह्वानमा बिहीबारदेखि बिहान ११ बजेसम्म सबै प्रकारका पसल खोल्ने निर्णय गरेका हुन्।

बुधबार बसेको महासंघको बैठकले यस्तो निर्णय गरेको हो। जारी प्रेस विज्ञप्तिमा उपत्यकाभित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्र खोलिने उल्लेख छ। यी बाहेक उपत्यका बाहिरका मुख्य–मुख्य सहरका समेत बजार खुल्ने महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्