स्वाधीनता बन्दक राखेर बिदेशी सहयोग लिनु नहुनेमा समाजबादी कांग्रेसको जोड



काठमाडौं,२१ जेठ । नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले लकडाउनको बहनामा सरकारले जनतालाई कोठाभित्रै थुनेर भोकभोकै मारेको आरोप लगाएका छन् । लकडाउनको ७० दिन भइसक्दा पनि सरकारले कुनै विकल्प नखोजेकोमा उनले आपत्ति जनाएका छन् ।

पार्टी कार्यालय विजुलीबजारमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष निरौलाले लकडाउन गरेर सरकार दिनैपिच्छे भ्रष्टाचारमा लागेको, जनताको हक अधिकार हनन गरेको र गलत कामको ढाकछोप गर्न कसरत गरिरहेको भन्दै आलोचना गरे । उनले सरकारका पछिल्ला गतिविधि जनताविरोधी रहेकाले यो सरकारबाट कुनै पनि नागरिकले केही पाउने सम्भावना नरहेको ठोकुवा गरे । भारतले सीमा अतिक्रमण गर्दा पनि सरकारले जमिन फिर्ता लिन पहल नगरेको भन्दै उनले सन् १८१६ मा गरिएको सुगौली सन्धीले त्यो भूभाग नेपालकै भन्ने प्रशस्तै प्रमाण भएपनि सरकारले वेवास्ता गरेको भन्दै टिप्पणी गरे । सरकारले अरु प्रमाण खोज्न लाग्नु र पेश गर्नु आवश्यक नरहेको पार्टीको भनाई छ । राष्टपतिले कार्यालयमा कार्पेट बिछ्याउने र बाथरुम बनाउने नाममा गरिएको करौडौ खर्च अनावश्यक भएको भन्दै पार्टीले आपत्ति जनाएको छ ।
अध्यक्ष निरौलाले भोजपुरको डाँडाकाँडामा हिँडेकि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यत्रो सुविधा लिनुअहमता भएको टिप्पणी गरेका छन् । सरकारले भर्खरै प्रस्तुत गरेको बजेटले वर्तमान समस्याको समाधान गर्न नसक्ने दावी गरेका छन् । पत्रकार सम्मेलनमा उनले सरकारले राजश्व संकलन गर्ने उपाय अवलम्बन गर्न नसकेको र सरकारी कर्मचारीलाई तलब खुवाउन पनि समस्या हुने भएकाले बेलैमा सचेत रहन सरकारलाई आग्रह गरेका छन् । संसद विकास कोष दुरुपयोग हुने गरेको आलोचना हुँदाहुँदै पनि फेरि सांसदलाई करोडौं बजेट दिएर भ्रष्टाचारलाई बढावा दिएको पार्टीको बुझाई छ । नेपाललाई विदेशीको सहयोग आवश्यक भएको भए पनि स्वाधिनतालाई बेचेर लिन खोजिएको अमेरिकी सहयोग परियोजना ९एमसिसी० पास गर्न नहुने तर्क छ उनको । अमेरिकाले एमसिसी सहयोगका लागि अनेक शर्त राखेकाले पनि यो राष्ट्रघाती भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।
लिपुलेक, लिम्पियाधरा र कालापानी नेपालकै हो भनेर दावी गर्दै काठमाडौस्थित भारतीय, चीन र बेलायती दुतावासलाई स्मरणपत्र पठाउने निर्णय गरिएको सचिव मानबहादुर गुरुङले बताए । उनका अनुसार सोमबार भारतीय राजदुतावासमा स्मरणपत्र बुझाउन पुगेका आफुहरुलाई प्रहरीले प्रवेश गर्न नदिएपछि उनीहरु त्यसै फर्किएका थिए । पार्टीले तीनवटै दुतावासमा सीमाबारे स्मरणपत्रमार्फत जानकारी गराइसकेको छ । पार्टीले जाजरकोटमा घटेको घटना मानवताविरोधी जघन्य अपराध भएको बताएको छ । घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न पार्टीले माग गरेको छ । राजसंस्थालाई जति माया अरु कसैलाई नभएको र अहिलेका दलका नेताहरु र शासकले त्यसको वेवास्ता गर्दै गएको अध्यक्ष निरौलाको आरोप छ । उनले वर्तमान संविधानले देश र जनताको पक्षमा काम नगर्ने भएकाले नयाँ संविधान चाहिने र आवश्यक परे समय आएपछि आफूहरुले पनि जारी गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्