नेचासल्यानमा चेतना बिस्तार सार्बजनिक पुस्तकालय भवन उद्घाटन
डिल्ली शर्मा,सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिकामा चेतना बिस्तार सार्बजनिक पुस्तकालय भवनको उद्घाटन गरिएको छ

१ नं प्रदेश सरकारका पूर्ब राज्यमन्त्रीसमेत रहेका सोलुखुम्बु प्रदेश (क) का निबर्तमान सांसद उत्तमकुमार बस्नेतले आईतवार आयोजित एक कार्यक्रमकाबीच सो भवनको उद्घाटन गरेका हुन्।कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका बस्नेतले उद्घाटन समारोहलाई सम्बोधन गर्दै शैक्षिक जागरण, रोजगारी सृजना तथा प्रबिधीमैत्री समाज निर्माणका लागि चेतना बिस्तार पुस्तकालयले जिल्लाकै नमुनाको रुपमा काम गर्नुपर्ने बताए।उनले आगामी दिनमा युवा सचेतना तथा रोजगारी,एबं समाज रुपान्तरणमा यस संस्थाले अहम् भुमिका निबार्ह गर्ने बिश्वास समेत व्यक्त गरे।
प्रदेश नं १ सरकारको सडक पुर्बाधार तथा सहरी बिकास मन्त्रालय शहरी बिकास तथा भवन कार्यालय ओखलढुंगामार्फत प्राप्त १ करोड १३लाख क्रमागत रकमबाट पुस्तकालय भवन निर्माण सम्पन्न भएको कार्यक्रममा जानकारी दिइएको थियो।तीन तले उक्त भवनमा १५० सिट क्षमताको आधुनिक सभाहल, पुस्तकालय, इ-लाइब्रेरी तथा प्रशासन कक्षको ब्यबस्था रहेको छ।
चेतना बिस्तार युवा परिवारका अध्यक्ष जगनाथ बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेचा सल्यान गाउँपालिकाका पूर्ब अध्यक्षसमेत रहेका नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बाँस्तोलाले सामाजिक चेतनाको स्तर बृद्दि तथा युवापुस्तालाई रोजगारीसंग जोड्न तथा गाउँपालिकाको समग्र बिकासको खाका तयार गर्न पुर्बबर्ती स्थानीय सरकार सफल भएको बताउंदै सो कुराको अनुसरण गर्न सम्बन्धित सरोकारवालाहरुलाई आग्रह गरेका थिए।
नेचासल्यान गाउँपालिका उपप्रमुख बिना राईले पुर्ब स्थानीय सरकारले संचालन गरेका अपुरा कार्यहरु पुरा गर्न आफु लागी पर्ने प्रतिबद्धता व्यक्त गरिन।
कार्यक्रममा भवन निर्माणको लागि नि:शुल्क १ रोपनी जग्गा प्रदान गर्ने बेदनाथ बास्तोलालाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो ।
बिजया दशमी तथा भवन उद्घाटनको अवसरमा सोहि भवनको हलमा सगरमाथा नाट्य समुह,डाइनामीक युथ क्लब र चेतना बिस्तार पुवा परिवारको सहयात्रामा ‘लास बोल्छ’ शिर्षकको नाटक समेत प्रदर्शन सुरु गरिएको छ ।

