सांसद बस्नेत भन्छन,- ‘भूगोलका आधारमा बजेट बिनियोजन गर्नुपर्छ’



सोलुखुम्बु, १६ जेठ ।सोलुखुम्बु प्रदेश क का सांसद उत्तम बस्नेतले प्रदेश क्षेत्र बिकास कोषको रकम जिल्लाको भौगोलिक अवस्थितिका आधारमा अलग-अलग ढंगले छुट्याउने पर्ने बताएका छन।

१ नं प्रदेशसभा बैठकमा बिनियोजन बिधेयक ०७७/७८ माथि भइ रहेको छलफलमा भाग लिंदै बिहिवार प्रदेश सांसद बस्नेतले सो कुरा बताएका हुन।बिकास निर्माणका सामाग्रीहरुको ढुवानी मुल्य हिमाल ,पहाड र तराईमा भूगोल अनुसार फरक-फरक हुने बताउंदै बस्नेतले यसैलाइ आधार बनाएर बजेट बिनियोजन गर्दा बैज्ञानिक र सबैतिरका जनताले समान बिकासको अवसर पाउने बताए ।

भौतिक पुर्बाधार बिकास रुआयोजनाहरुको सन्चालनका लागि परम्परागत संरचनाले चल्ने अवस्था नरहेको बताउंदै सांसद बस्नेतले भूगोल र अवस्थालाई दृष्टिगत गरी पुर्बाधारको अन्वेषण गर्ने इन्जिनियरिङ परामर्श संस्थाको आवश्यकता समेत औंल्याएका थिए। मानव जीवनलाई सहज बनाउने पूर्बाधार बिकास बजेटको प्राथमिकता हुनुपर्ने बताउंदै उनले भने,-‘जनताका त्यति ठुला सपना छैनन्, स्वच्छ पीउने पानी, आवश्यकता अनुसारको सिंचाइ र उपचारका लागि स्वास्थ्य संस्था ब्यबस्थित गर्न सकियो भने अहिलेलाई पुग्छ।’

मुलुकले अंगालेको राजनीतिक उद्देश्य प्राप्त गर्ने र सामाजिक न्यायको सिद्दान्तलाइ बल पुग्ने ढंगले योजना प्राथमिकीकरण गर्नु बजेटको पहिलो सर्त हुनुपर्ने सांसद बस्नेतको भनाइ थियो। उनले भौगोलिक बनावट र बिकटताले उत्पन्न गरेको पछौटेपन अन्त्य गर्ने ढंगले कार्यक्रम अगाडी बढाउन प्रदेश सरकारलाइ आग्रह पनि गरे।

भावी सन्ततिका लागि पनि पर्यावरणीय सन्तुलन कायम राख्नु आजको पुस्ताको दायित्व भएको बताउंदै बस्नेतले यसका लागि अनावश्यक रुपमा भैरहेको प्राकृतिक श्रोतको दोहन रोक्नुपर्ने बताए। प्राकृतिक श्रोतको भरपुर उपयोग गरेर दिगो बिकासलाइ अगाडी बढाउनु पर्ने कुरामा बिनियोजन बिधेयक केन्द्रीकृत हुनु पर्ने उनको भनाइ थियो।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (COVID-19)  अहिलेको प्रमुख चुनौती भएको चर्चा गर्दै सांसद बस्नेतले भने,- ‘आफुमात्र बचौं र आफुमात्र खाउ’ भन्ने बिसंगपूर्ण सोच र मानिसहरूले सृजना गरेको बिकासको मोडलका कारण प्राकृतिले हामीलाई झटारो हानेको छ। ज्ञात-अज्ञात पू्र्खाहरुले पटकपटक यस्तो महामारीको सामना गर्दै यहाँसम्म आइपुगे पनि अब भने अहिलेको सामाजिक प्रणाली र सामाजिक सम्बन्धका बिषयमा नयाँ ढंगले बहस अगाडी बढाउनुपर्छ।’ बिनियोजन बिधेयकले यसतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो।

कोरोना भाइरसको महामारीकाबीच सरकारले ल्याइरहेको नीतिमाथि आलोचनात्मक टिप्पणी भइ रहेको स्मरण गर्दै सांसद बस्नेतले त्यसबाट पाठ सिकेर अगाडि बढ्न प्रदेश सरकारको ध्यानाकर्षण गराए।

कोरोना भाइरस पहिलो र अन्तिम महामारी नभएको स्पष्ट पार्दै सांसद बस्नेतले यस्तो बेला बैज्ञानिक र कलात्मक ढंगले जीवन निर्बाह गर्नु नै बुद्धिमानी हुने बताए।संकटपूर्ण घडीमा अग्रभाव रहेर कोरोनाबिरुद्द लडिरहेकास्वास्थ्यकर्मी,सुरक्षाकर्मी,स्थानीय तहका जनप्रतिनिधि लगायत सबै पक्षलाई धन्यवाद समेत दिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

प्रतिक्रिया दिनुहोस्