एउटा वीर सपूत खोज्दै प्यारो नेपाल



-श्रीमती मीना सुबेदी (समाजशास्त्री)

अहिलेको समसामयिक बिषय बस्तु भनेको कोरोनाको भयाबह र नेपालको भुभाग भारतीयहरुले अतिक्रमण गरेको अबस्था छ । तर यो कुरा अहिलेको मात्र नभइ बर्षौं बर्ष अघि देखिको हो । बिगतमा भएका सन्धि,सम्झौता के कस्ता थिए,देशको सांध,सिमाना कहाँसम्म छ भन्ने कुराको खोजी देशका सचेत नागरिक र तात्कालीननसरकारदेखि बर्तमान सरकारसम्मको जिम्मेवारी र कर्तब्य हो ।


१८१६ मा नेपाल र इस्ट इन्डिया कम्पनिबीच सम्पन्न सुगौली सन्धिमा नेपालतिर परेको भुभागमा सडक बनाएर भारतीय सरकारले उद्घाटन गरेपछि फेरि पनि नेपालीहरुले आफ्नो देशको भुभाग गुमेकोमा चिन्ता र आक्रोश ब्यक्त गरी आन्दोलनमा उत्रेका छ्न ।

गतसाल पनि यो भुभाग समेत गाभेर भारतले नक्शा सार्बजनिक गरेको थियो र नेपालले यो कुराको आपत्ति देखाएपछि बिबादास्पद भुमिको रुपमा भारतले स्विकारेको थियो । तर अहिले आएर नेपाललाइ जानकारी नै नदिएर एकलौटी रुपमा लिपुलेक हुंदै सडक बनाएपछि बिबाद बढ्न गएको हो । यसबाट यो प्रष्ट हुन्छ कि नेपाल जस्तो सानो र छिमेकी देशलाइ भारत डर धम्की देखाएर नेपालको सिमासाध कब्जा गर्न चाहन्छ । कहिं रातारात पिलरहरु सारेर गाउ नै कब्जा गर्छ भने टनकपुर खोला पुरै फर्काएर बाध बाधेको छ । यी सबै कुरा सार्बभौमसत्ता सम्बन्धि बिस्वब्यापी मान्यता बिपरित हो ।

देशको सार्बभौमसत्ता र अखण्डता भन्दा ठुलो कुरा केहि हुन सक्दैन भने देशमाथि नाङ्गो आक्रमण भएका कारण देश र जनताको स्वाभीमानमा आंच पुगेको छ । छिमेकीले नेपाल आमाको छातीमा लात र नेपाल आमाको छोराको गालामा चड्कन लाउंदा पनि हाम्रो स्वाभिमान र अखण्ड नेपालको अस्तित्व कहां गयो रु सरकारहरुका बेवास्ता र लम्पसारबादका कारण देश र जनताको स्वाभिमान गुमेको छ भने ठुलो अपमान भएको छ।
सरकारले अडान र एक्सन लिन नसक्नु नामर्दीपन हो ।पहिलादेखि नै उठेको समस्या किन समाधान गरिएन रु किनकी सिमासाधको सुरक्षा गर्नु सरकारको जिम्मेवारी पनि हो । कम्युनिस्ट र कङ्ग्रेस लगायतअन्य केहि पार्टीहरुले १२ बुंदे सम्झौतासित गणतन्त्र अनि लिम्पियाधुरा,महाकाली र लिपुलेक साटिएको छ ।
त्यसैले पनि सबै चुपचाप छन ।यसर्थ सीमासांध मिचिएको होइन कि बेचिएको चाहि हो रु सरकारबाट भएका यस्ता संबेदनहिन कुराले जनतालाइ आन्दोलित गराउनु भन्दा पनि कुटनैतिक पहल कदमी ूबाट समस्याको समाधान गर्नु पर्ने थियो। तर सत्ता जोगाउन पनि जुनै सरकार बन्छ,चुपचाप बस्छ । आफ्नो अनुकुलको सन्धि र सम्झौता गर्छन र अन्त्यमा देश र जनताको हकहित र अखण्डता बचाउन जनता सडकमा आन्दोलित हुन बाध्य पारिन्छ ।

हाम्रो अस्तित्व र अस्मिता आफ्नो मातृभुमिको रक्षा गर्न नसक्ने असक्षम,लाचारी सरकार हो भन्ने प्रमाणित नै भयो । यो सबै हुनुमा १२ बुदे सम्झौताको फलको साथै मुसलमान र कृश्चियनको पगरी गुथेर आफ्नो स्वाभिमान गुमाएर लेण्डुपे र गणतन्त्रेहरुले देश ध्वस्त पारेर खाए ।
किनकी कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो । भारतले चीन जोड्ने बाटो बनाएर मिच्चाह प्रबृति देखायो । तर नैतिकता गुमाएको सरकार,प्रधानमन्त्री र परराष्ट्र मन्त्रीले बाटो बनेको नै थाहा पाएनन र मिडियाबाट पो थाह पाएका रे रु आफ्नो देशमा अन्य देशका देशीहरुले बनाएको बाटोआंखा नदेख्ने दुइतिहाइ सरकारका अन्धाहरुले कसरी देश चलाउंछन ? भ्रष्टाचार ,कमिसन, अन्याय र अत्याचार कसरी देख्छन ? यो त एउटा प्रतिनिधि मुलक उद्दारण मात्र हो । यिनीहरुले सत्ता बचाउन पनि स्वाभिमान र गणतन्त्रछिमेकीहरुसङ्ग खरिद(बिक्रि गरिसके । दक्षिणी छिमेकीले सिमा ठोक्छ भने उत्तरी छिमेकीले राजधानीको मुटु सिंहदरबारमा ठोक्छ । तर सरकार र संसद निरिह भएर टुलुटुलु हेर्छन् र केहि गर्न सकदैनन् त्यसैले पनि ूजय जन्मभुमि नेपालले एउटा मान्छे खोजिरहेछू देश भक्ती मर्दैन, कस्तै देश भए पनि, पुर्खाको सम्मान एकदिन हुने नै छ, इतिहास मेट्न खोजे पनि रु सबैलाइ चेतना भया …
(लेखिका राप्रपा नेतृ हुन)

प्रतिक्रिया दिनुहोस्