प्रतिनिधिसभा: ग्रेटर नेपाल फिर्ताका लागि पहल गर्न सरकारलाई सांसद को आग्रह



काठमाडौ, १४ जेठ।नेपाली भूमि अतिक्रमण गरिरहेको भारतले लिपुलेक हुँदै मानसरोवर जाने सडक एकपक्षीय रुपमा निर्माण गरेपछि नेपाल -भारत सीमा बिबाद उत्कर्षमा पुगिरहेका बेला संघीय संसद प्रतिनिधिसभामा सरकारले ग्रेटर नेपालका लागि पहल गर्नुपर्ने आवाज उठेको छ।

प्रतिनिधिसभाको शून्य समयमा बोल्दै समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले ग्रेटर नेपाल फिर्ता ल्याउन बेलायती महारानी एलिजावेथलाई निवेदन दिन माग गरेकी हुन।

सन २०१६ को सुगौली सन्धी भारतसँग नभई बेलायतसंग भएका कारण बेलायती महारानीसंग आग्रह गरेर ग्रेटर नेपाल फिर्ताका लागि पहल गर्नु पर्ने गुरुङको भनाइ छ।

उनले संसदमा भनिन्, ‘सुगौली सन्धिपछि नेपालको भूभाग मेची महाकाली निर्धारण भयो। त्यो सन्धि भातरसँग होइन बेलायतसँग भएको हो। बेलायतले भारत छाडेर जाने बेला लर्ड माउण्ट मेटनले हाम्रा प्रधानमन्त्री मोहन शमशेरलाई निवेदन दिन भने पनि दिएनन्, अब सरकारले महाराजनीलाई निवेदन दिनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्